महिला हिसां विरुद्ध बेसीशहरमा महिला फुटसल प्रतियोगिता हुने

डिसी नेपाल
२९ जेठ २०७९ १९:१०
20
Shares

लमजुङ । लमजुङ सदरमुकाम वेसीशहरमा महिला हिसां विरुद्ध प्रथम महिला फुटसल प्रतियोगिता हुने भएको छ ।

यहिसाता मात्र पालिका वडास्तरिय फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको लमजुङ फुटसलले आगामी असार १८ र १९ गते प्रथम खुल्ला महिला फुटसल प्रतियोगिता २०७९ आयोजना गर्न लागेको हो ।

‘हाम्रो एक गोल, महिला हिंसा विरुद्धको बोल’ भन्ने नाराका साथ महिलाहरुलाई खेल प्रति आर्कषित गर्न, महिला खेलाडी उत्पादन गर्ने तथा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने उदेश्यका साथ पहिलो पटक जिल्लाकै ठुलो धनराशीको महिला खुल्ला फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको लमजुङ फुटसल सञ्चालक इन्द्र रानाले वताए ।

प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ भने द्धितिय हुने टिमलाई नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वाधिक गोल किप्परलाई जनही १५ सय नगद, मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ भने उत्कृष्ट प्रशिक्षकलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागिता जनाउन चाहनेले असार १५ गते सम्म टिम दर्ता गर्न सक्नेछन । टिम दर्ता शुल्क ३ हजार तोकिएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *