राज्यमन्त्री विमला खत्रीले दिइन् राजीनामा
बुटवल। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिएकी छन्। उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष एवम् सांसद सुदर्शन बरालले जानकारी दिए।
‘उहाँले आज मात्रै राजीनामा दिनु भएको हो। राजीनामाको पत्र मुख्यमन्त्री कार्यालय पुगिसकेको छ,’ बरालले भने। गत जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेको राज्यमन्त्री खत्रीविरुद्ध किटानी उजुरी परेको छ।
अभद्र व्यवहारको आरोपमा उजुरी परेपछि छानबिन गर्न सरकारले समिति समेत गठन गरेको छ। उक्त समितिलाई छानबिनमा सघाउन भन्दै उनले राजीनामा दिएकी बताएकी छन्।
खत्रीको राजीनामा पत्र मुख्यमन्त्री कार्यालयमा नपुगेको मुख्यमन्त्री कार्यालयका प्रवक्ता नरेन्द्र कुमार रानाले जानकारी दिए। ‘विषयवस्तुमा छलफल भएको छ, तर आधिकारिक राजिनामा आएको छैन’ मुख्यमन्त्री कार्यालयले भन्यो।
माओवादी केन्द्रका प्रमु सचेतक तुलाराम घर्तीले १२ असारमै खत्रीले राजीनामा दिएको र आज मुख्यमन्त्री कुलप्रसाद केसीले सदनलाई जानकारी दिने बताए।







डिसी नेपाल








Facebook Comment