नयाँ पार्टी घाेषणा गरेका गौतमले किन भेटे एमाले अध्यक्ष ओलीलाई?

डिसी नेपाल
१६ असार २०७९ १२:४७
716
Shares

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा बिहीबार दुई शीर्षनेताबीच भेटवार्ता भएको हो।

एमाले विभाजनपछि पहिलोपटक ओलीलाई भेट्न गौतम पहिलोपटक बालकोट पुगेका हुन्। कम्युनिष्ट पार्टीबीच एकता अभियान चलाएको बताएका गौतमले ओलीलाई भेटेका हुन्।

नयाँ पार्टी घोषणा गरेको तेस्रो दिन बिहीबार गौतमले ओलीलाई भेटेका हुन्। ‘वामदेव गौतमज्यूले भेट्न चाहनुभयो । सोहीअनुसार समय दिएपछि उहाँ ओलीलाई भेट्न बालकोट आउनु भएको हो,’ ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.