प्रचण्ड र एनआरएनएका पदाधिकारीबीच भेटघाट

डिसी नेपाल
२८ असार २०७९ १४:०५
72
Shares

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एक प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेको छ।

भेटघाट प्रचण्ड निवास खुमलटारमा भएको एनआरएनएले जनाएको छ। प्रतिनिधिमण्डलका पदाधिकारीहरुले सरकारले प्रतिनिधि सभामा पेश गर्न लागेको नागरिकता विधेयक बारे छलफल गरेको थियो।

उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा बद्रि केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतका पदाधिकारीहरुले विधेयक ल्याउनको लागि सहयोग गरेकोमा प्रचण्ड र माओवादी पार्टीलाई धन्यवाद दिएका थिए।

विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई पारित गराई विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरुको भावनालाई संबोधन गर्न भेटमा उनीहरुले आग्रह गरेका थिए।

जवाफमा प्रचण्डले संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि जुन व्यस्था गरिएको छ त्यही अनुरुप विधेयक आउने विश्वास व्यक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.