मोरङ कारागारमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो
बिराटनगर। मोरङ कारागारमा थप ३५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना लक्षण देखिएकाे आशंकामा ३९ जनाको शनिबार पीसीआर परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको हो। योसँगै कारागारमा कोरोना संक्रमण पुष्टि हुने कैदीबन्दीको संख्या ५४ पुगेको छ।
अत्यधिक ज्वरोका कारण गत बिहीबार कैदी निरबहादुर नेपालको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएपछि कारागार प्रशासनले कोरोना संक्रमण भएको आशंकामा परिक्षण सुरु गरेको थियो ।
जसअनुसार शुक्रबार मात्रै ज्वरो आएका २३ कैदीबन्दीको एन्टिजेन परीक्षण गर्दा १९ जनामा पोजिटिभ रिपोर्ट आएको थियो । कारागार प्रमुख तुलसीराम भगतका अनुसार शनिबार थपिएका ३५ संक्रमितलाई आइसोलेट गरेर राखिने र स्वास्थ्य समस्या देखिए कोशी कोभिड अस्पताल लैजाने तयारी गरिएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment