शनिबार वाम एकताको प्रस्ताव गरेका नारायणकाजी आज ओलीमाथि खनिए

डिसी नेपाल
१ साउन २०७९ १२:३५
760
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वाम एकताको लागि सकारात्मक नभएको टिप्पणी गरेका छन्।शनिबार नेपाल चीन मैत्री समाजले काठमाडौंमा आयोजना गरेको नेपालको भूराजनीतिक अवस्थाबारे छलफल कार्यक्रममा बोल्दै सार्वजनिक मञ्चबाट नेता श्रेष्ठले ओलीलाई चुनावी तालमेलदेखि वाम एकतासम्मको प्रस्ताव राखेका थिए। तर, ओलीले एमाले मात्रै देशको वामपन्थी शक्ति भएको जवाफ दिएपछि नेता श्रेष्ठले ओलीप्रति असन्तुष्टि जनाएका छन्।

नेता श्रेष्ठले वामपन्थी शक्तिहरुबीचको तालमेल,मोर्चा र एकताको आवश्यक्ता औँल्याएर,वाम आन्दोलनलाई केन्द्रविन्दुमा राखेर विनम्रतापूर्वक आत्मालोचना गरि त्यस दिशामा अघि बढ्ने प्रस्ताव राख्दा ओली सकारात्मक नभएको टिप्पणी गरेका छन्।

उनले भने ‘त्यही कार्यक्रममा पछि बोल्दै नेकपा (एमाले) का अध्यक्ष क. केपी ओलीले को छ अरु वामपन्थी पार्टी भन्दै आफ्नो पार्टी मात्र वामपन्थी भएको खालको विचार प्रकट गर्नुभयो। उहाँ प्रम हुँदा संविधानको प्रावधान विरुद्ध प्रतिनिधिसभा विघटन गरेको कारणबाट उहाँ नेतृत्वको एमालेको लोकतान्त्रिक विश्वसनीयता (क्रेडिबिलिटी) माथि समेत प्रश्न उठ्ने गरेको बिषयमा आत्मालोचक हुनुको सट्टा त्यस प्रकारको अभिव्यक्ति दिनु निश्चय पनि सकारात्मक संकेत होइन।’

श्रेष्ठले ओलीको भनाइले देश, जनता र वामपन्थी आन्दोलनलाई कुनै योगदान नपुर्याउने बताएका छन् । उनले भनेका छन्, ‘फेरि पनि म भन्छु राजनीतिलाई व्यक्ति वा समुह स्वार्थ केन्द्रित धन्दा नबनाउने हो भने देश र आन्दोलनको आवश्यकता आज वाम तालमेल र एकता नै हो। त्यसका निम्ति सम्बन्धित सबैले गम्भीर अत्मआलोचक भावसहित इमान्दार अग्रसरता देखाउनु पर्छ। बेलैमा बुद्धि पुर्‍याऔँ नत्र धेरै ढिलो भइसकेको हुनसक्नेछ। त्यसबेला पछुतो मात्र बांकी होला कि। समयमै सोचौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.