बरुण हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सोमबारको कारोबारमा कम्पनीको सेयर मूल्यमा ९.९८ प्रतिशतले बढेर सर्किट लागेको हो।
कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७ रुपैयाँ १० पैसाले बढेर २ सय ९८ रुपैयाँ ६० पैसा पुगेको छ । मार्केट डेपमा यो कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment