काठमाडौं उपत्यकामा एकैदिन २ हजार २० जना सवारी चालकमाथि कारवाही

डिसी नेपाल
५ साउन २०७९ ७:११
388
Shares

काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपयत्कामा एकैदिन २ हजार २० जना सवारी चालकलाई कारवाही गरेको छ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा बुधबार कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ५०, लेन अनुशासन पालना नगर्ने ६४, रेड लाइटमा सवारीचलाउने ७४ जना सवारी चालक रहेका छन्।

यस्तै, ठीक तरिकाले नम्बर प्लेट नराख्ने ४१ जना सवारी चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ । अन्य कारवाहीमा पर्ने १ हजार ७११ जना सवारी चालक रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *