साउनको व्रतमा पिउनुहोस् यी पेय पदार्थ
काठमाडौं । अहिले हामी साउन महिनामा छौं। साउन महिना शिवभक्तहरुका लागि पर्वभन्दा कम छैन । यस महिनामा सबै शिव भक्तहरूले भगवान शिवलाई प्रसन्न पार्न पूजा र व्रत बस्छन्। त्यसैगरी साउनको व्रत सबैले आ–आफ्नो तरिकाले राख्ने पनि गर्दछन् ।
साउन महिनाभर माछा मासु नखाई शुद्ध भएर व्रत बस्ने गरिन्छ । व्रतको समयमा धेरै महिलाहरु कमजोरी हुने गर्दछ । यस्तो अवस्थामा स्वस्थ्य खानेकुराहरुको सेवन गर्नुपर्छ ।
साउनको सोमबार व्रतका समयमा पिउने केही पेय पदार्थहरूका बारेमा जानकारी दिदैंछौं । जुन पेय पदार्थको सेवनले तपाईंलाई कमजोर बनाउँदैन।
साउनमा पिउनुहोस् यी जुस:
जुस – व्रतको समयमा घरमा बनाएको ताजा जुस पिउन सक्नुहुन्छ । स्याउ, आँप, मोसंबी वा सुन्तलाको सुन्तलाको जुस पिउनाले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । यस्तो अवस्थामा साउनको सोमबार व्रतमा यी फलफूलको जुस सेवन गर्न सक्नुहुन्छ । यी फलफूलको जुस सेवन गर्नाले कमजोरी महसुस हुँदैन ।
तरकारीको जुस– यो जुस बनाउनको लागि दही, काँको र टमाटर चाहिन्छ। यसलाई बनाउनको लागि पहिले पानी हालेर दहीलाई राम्ररी मिक्स गर्नुहोस् । त्यसपछि त्यसमा पिसेको काँक्रो टमाटर हाल्नुहोस्। थोरै भुटेको जीरा पनि हाल्न सक्नुहुनेछ । काँक्रोमा प्रशस्त मात्रामा पानी हुनुका साथै भिटामिन र पोटासियम पनि पाइन्छ ।
नरिवल पानी– शरीरको लागि सबैभन्दा राम्रो पेय मध्ये एक नरिवल पानी हो। यसले शरीरमा तरल पदार्थको कमी हुन दिँदैन। तपाईं आफैलाई हाइड्रेट गर्न यो पेय पिउन सक्नुहुन्छ।







डिसी नेपाल








Facebook Comment