भीमदत्तलाई कांग्रेसले कहिल्यै सहिद मानेनः ओली

डिसी नेपाल
७ साउन २०७९ १३:०४
104
Shares

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाईमा सहभागी भएका सहिदहरुलाई सम्मान दिन नसकेको आरोप लगाएका छन ।

४४ औं पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले कांग्रेस माथी सो आरोप लगाएका हुन ।

‘नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाईंमा शहीद भएकाहरुलाई उचित सम्मान दिन कहिल्यै सकेको छैन’ ओलीले कार्यक्रममा भने, ‘भीमदत्त पन्तलगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको देख्दा अझै पनि मेरो शरीर सिरिङ्ग हुने गरेको छ’ ।

एमाले अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पुर्‍याएको योगदानको चर्चा गरेका छन । पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणा पत्र अनुवाद गरेर गाउँ गाउँ पु¥याएको स्मरण गर्दै ओलीले अग्रजहरुले देखाएको वाटोवाट बिचलित नहुने प्रणसमेत गरेका छन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *