कहिले हुन्छ निर्वाचनको मिति घोषणा?

डिसी नेपाल
८ साउन २०७९ १०:३९
32
Shares

काठमाडौं। निर्वाचन आयोगले मंसिर पहिलो हप्ता संघीय र प्रदेशको निर्वाचनको मिति तोक्न सुझाव दिइरहेका बेला सरकारले साउन तोस्रो हप्ता संसदीय निर्वाचनको मिति तोक्ने तयारी गरेको छ।

कांग्रेस महामन्त्री गगन थापाले साउनको पहिलो हप्ताभित्रै चुनावको मिति तेक्ने सार्वजनिक अभिव्यक्ति दिए पनि सरकारले भने साउनको तोस्रो हप्ता निर्वाचनको मिति तोक्ने तयारी गरेको बालुवाटार निकट स्रोतले जनाएको छ।

निर्वाचनको मिति तोक्न कुनै बाधा नभए पनि गठनबन्धनभित्र चुनावी तालमेल र सिट बाँडफाँडको मोडालिटी तय हुन नसक्दा निर्वाचनको मिति तोक्न ढिलाइ भएको स्रोतले जनाएको छ।

‘निर्वाचनको मिति तोक्ने कुनै बाधा नभए पनि गठबन्धनभित्र चुनावी तालमेल र सिट बाँडफाँडको मोडालिटीका विषयमा सहमति भएपछि मात्रै निर्वाचनको मिति तोक्ने तयारी छ,’ प्रधानमन्त्री शेरबहादुर देउवा निकट स्रोतले भन्यो, ‘मंसिर पहिलो हप्ता निर्वाचन गर्ने गरी साउनको तेस्रो हप्ता निर्वाचनको मिति घोषणा हुन्छ।’

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ। ९० सिट आफूले दिने र बाँकी गठबन्धनमा आबद्ध दललाई दिने तथा निर्वाचनपछि पाँच वर्ष आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि गठबन्धनमा आवद्ध दल सशंकित बनेका छन्।

गठबन्धनमा आवद्ध कम्युनिष्ट घटकबीच मोर्चा बनाउने गरि छलफल अगाडि बढ्दा कांग्रेस पनि सशंकित बनेको छ। माओवादी अध्यक्ष प्रचण्डको सक्रियतामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र बामदेव गौतमबीच समाजवादी केन्द्र निर्माण गर्ने प्रयास भइरहँदा त्यसको असर चुनावको मिति घोषणामा परेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *