विद्यार्थीले बनाए स्वचालित पर्दा र प्रोजेक्टर प्रणाली
भक्तपुर। सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरमा अभिभावक दिवसको अवसरमा आवश्यक स्वचालित पर्दा र प्रोजेक्टर प्रणालीको निर्माणमा तथा जडान नेपाल इन्जिनियरिङ कलेज (नेक) का विद्यार्थी सफल भएका छन्। कलेजबाट दिक्षित विद्यार्थी उत्सव खड्का, हाल अध्यनरत विधार्थीहरू राजु श्रेष्ठ, विवेककुमार गणेश तथा अन्य शैक्षिक सस्थामा आबद्ध विधार्थीहरु सेवन्त केसी र विजय श्रेष्ठले यो सफलता हासिल गरेका हुन्।
सम्बन्धित विधार्थीहरूले दिएको जानकारी अनुसार उक्त सिस्टमले रेडियो फ्रिक्वेन्सीमा काम गर्ने तथा एउटै रिमोटले एक मन्चमा जडित दुई पर्दासहित दुई पर्दाको मध्य भागमा जडित प्रोजेक्टरलाई नियन्त्रण गर्ने छन्। रिमोटको विभिन्न तिन बटनले दुई पर्दा र एक प्रोजेक्टरलाई खोल्ने र बन्द गर्ने पनि विद्यार्थीले जनाएका छन्।
४८ फिट लम्बाई रहेको उक्त पर्दा तथा प्रोजेक्टर पर्दालाई एउटै रिमोटले बढीमा ७० मिटर टाढासम्म संचालन गर्न सकिने जनाइएको छ। उक्त सिस्टमलाई महाविद्यालयका शिक्षक तथा सैनिक अधिकृतहरुले पनि चलाएका छन्।
विभिन्न प्रोजेक्टमा प्रोटोटाइप बनाएर कलेजमा आफ्नो कला प्रदर्शन गरिसकेकाे यस नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू अब पूर्ण सिस्टम बनाउन पनि आफू सक्षम रहेको कुरा कामले प्रमाणित गरिदिएका छन् । साथै कुनै पनि संघसंस्थालाई उक्त सिस्टम चाहिएको खण्डमा पनि उपलब्ध गराउन सकिने जानकारी विद्यार्थीबाट पाइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment