कर्णालीका विद्युत नपुगेको क्षेत्रमा सौर्य ऊर्जा मार्फत सेवा दिइने

डिसी नेपाल
१३ साउन २०७९ ६:४७
48
Shares

सुर्खेत। कर्णाली प्रदेशका जाजरकोट, डोल्पा, हुम्ला र मुगुमा सौर्य ऊर्जा मार्फत उज्यालो पुर्याउन सहकार्य हुने भएको छ। बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालयको सहकार्यमा विद्युत नपुगेका ठाउँमा सौर्य ऊर्जा मार्फत काम गर्ने सहमति भएको हो।

ऊर्जामन्त्री गणेशप्रसाद सिंह र केन्द्रका कार्यकारी निर्देशक डा मधुसूदन अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। जाजरकोटमा विद्युत नपुगेको नलगाड नगरपालिका भित्रका १० र ११ , छेडागाड नगरपालिका भित्रका २ , ३ ,७ र १० मा, शिवालय गाउँपालिका भित्रका ५, ६ र ७ मा सौर्य उर्जा मार्फत विद्युतीकरण गर्ने सहमति भएको छ।

योभन्दा अगाडी जाजरकोटका नलगाड ,बारेकोट, जुनिचाँदे र कुशेमा सौर्य मिनिग्रेटको काम चालु रहेको छ । सौर्य ऊर्जा मार्फत १० वर्षसम्म विद्युत लाइन नपुगेमा पनि घरमा सौर्य ऊर्जा मार्फत सेवा लिन सकिने अवधारण अनुसार काम गर्न मन्त्री सिंहले केन्द्रलाइ निर्देशन समेत दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *