नागढुङ्गाबाट बिल बिनाको १३५ बोरा रासायनिक मल बरामद

डिसी नेपाल
१३ साउन २०७९ १२:४९
76
Shares

काठमाडौँ। चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट प्रहरीले बल बिनाको १ सय ३५ बोरा रासायनिक मल बरामद गरेको छ। ना.६ ख ५४८८ नम्बरको ट्रकबाट बिल बिनाको उक्त रासायनिक मल बरामद गरिएको प्रहरीले जनाएको छ।

ट्रकका चालक मकवानपुर मनोहरी गाउँपालिका–९ बस्ने २३ वर्षीय स्वदेश उप्रेतीलाई बुधबार पक्राउ गरिएको छ। वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त ट्रकलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिल बिनाको उक्त रसायनिक मल फेला पारी उनलाई पक्राउ गरेको हो।

उनलाई बरामद मल र ट्रक सहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *