मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने चालकलाई कारबाही
काठमाडौँ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने चालकलाई प्रहरीले कारबाही गरेको छ। २०७९।०४।०८ गते देखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान अन्तरगत सो कारबाही भएको हो।
उपत्यकाको विभिन्न स्थानमा चेकजाँच गर्दा १६ वटा स्कुल बसलाई विभिन्न कसुरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियमानुसार कारबाही गरेको छ। जस अन्तरगत विभिन्न स्कुलका पाँच वटा चालकहरुले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको भेटिएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।
उक्त चेकजाँच अभियानलाई निरन्नतर सञ्चालन गरिने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment