कांग्रेस केन्द्रीय नेताद्वयले सम्बोधन गर्दै गरेको कार्यक्रममा अपरिचित ब्यक्तिहरुको बिथोल्ने प्रयास

डिसी नेपाल
२८ साउन २०७९ २०:१५
1.9k
Shares

बर्दिया। नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य संजय गौतम र डा.गोपाल दहितले सम्बोधन गर्दै गरेको कार्यक्रममा ८-१० जना अपरिचित ब्यक्तिहरुले घुसपैठ गर्दै कार्यक्रम बिथोल्ने प्रयास गरेका छ्न ।

नेपाली कांग्रेस ठाकुरबाबा नगरपालिका नगर कमिटीले आयोजना गरेको कार्यक्रम ठाकुरबाबाको रानीपुरमा हुँदै थियो ।
कार्यक्रममा मुख्य वक्ताका रूपमा नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्रीद्वय गौतम र डा. दहित थिए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा संसद संजय गौतमले आफ्नो मन्तब्य राख्दै गर्दा एक्कासी केही ८-१० जनाको झुन्डले नेपाली कांग्रेसको ठाकुरबाबामा भैरहेको कार्यक्रम बिथोल्न सक्दो प्रयास गरेका थिए ।

निर्वाचन नजिकिँदै गर्दा कांग्रेस बर्दियाका दिग्गज नेताहरूको कार्यक्रम बिथोल्ने षड्यन्त्र कस्ले र किन गर्यो भन्ने गम्भीर प्रश्न उठेको कांग्रेस नेताहरूको भनाइ छ ।

साथै संघीय सांसद समेत रहनुभएका तथा पुर्व मन्त्री गौतम र केन्द्रिय सदस्य तथा पुर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेताद्वयको सुरक्षामा प्रहरी प्रशासन असफल भएको बर्दिया कांग्रेसका नेताहरु बताउछ्न ।

यस घटनाको बारेमा हामीले नेपाली कांग्रेसका नेता तथा संघीय सांसद संजय गौतमसङ्ग प्रतिक्रिया माग्दा उनले भने, ‘यो अराजकताको पराकाष्ठा हो । पार्टीको केन्द्रिय सदस्यको कार्यक्रममा कार्यक्रम बिथोल्न खोज्नु, नारा बाजि गर्नु, नगरकमिटीले आयोजना गरेको कार्यक्रम बिथोल्न खोज्नु पार्टी अनुशासन विपरीत हो । म यो कार्यको घोर भर्सना गर्छु ।’

त्यसै गरि पुर्व मन्त्री डा. गोपाल दहितसङ्ग प्रतिक्रिया माग्दा उनले भने, ‘हामी लोकतान्त्रिक पार्टी हौं यस्ता साना तिना कुरा भैहाल्छ । मैले यस्लाई सामान्य रुपमा लिएको छु । तर नियोजित किसिमबाट कांग्रेसको कार्यक्रम बिथोल्न खोज्नु गम्भीर विषय हो । यसको म घोर भत्सर्ना गर्दछु ।’

नेपाली कांग्रेसका केन्द्रिय नेताहरूको कार्यक्रममा घुसपैठ गर्नु गराउनु सुनुयोजीत थियो वा भवितव्य हो यसको अनुसन्धान हुनुपर्ने एक कांग्रेस नेताले माग गरे।

नेताद्वयको सुरक्षामाथी पनि गम्भीर प्रश्न उठेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *