राष्ट्रपतिको निर्णयमा एमालेको स्वागत, सात वर्षे प्रावधान राखेर पास गर्नुपर्ने प्रतिक्रिया

डिसी नेपाल
२९ साउन २०७९ २१:३६
392
Shares

काठमाडौं । राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वागत गरेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले लिएको निर्णय स्वागतयोग्य रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले सात वर्षे प्रावधानलाई समेटर विधेयक पारित गर्नुपर्ने बताएका छन् ।

‘विवादास्पद नागरिकता विधेयक पुनर्विचारका लागि सम्माननीय राष्ट्रपतिज्यूबाट फिर्ता पठाउनु अत्यन्त स्वागतयोग्य छ । एमालेले प्रतिनिधिसभामा ३३ वटा संशोधन हालेर वैपाहिक अंगीकृत नागरिकताको हकमा सात वर्षे प्रावधान राख्न खोज्दा बहुमतको बलमा सत्तारूढ गठबन्धनले इन्कार गर्‍यो,’ उनले भनेका छन्, ‘अब राष्ट्राध्यक्षले नै पुनर्विचार गर्न भनेपछि यसमा बहुमत अल्पमत भन्दा माथि उठेर सात वर्षे प्रावधान राखेर पास गर्न सत्तापक्ष तयार हुनुपर्छ ।’

नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको भन्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित फिर्ता पठाइदिएकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.