राप्रपा नेपालको केन्द्रिय समिती बैठक शुरु, प्रतिवेदनहरु प्रस्तुत हुदैँ

डिसी नेपाल
३० साउन २०७९ १०:११
32
Shares

काठमाडौँ। राप्रपा नेपालको केन्द्रिय कार्य समितीको बैठक काठमाडौंको सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा शुरु भएको छ। बैठकको शुभारम्भ गर्दै पार्टी अध्यक्ष कमल थापाले उत्साह, उर्जा र उच्च मनोबल सहित निर्बाचनमा केन्द्रित हुन आग्रह गरेका छन्।

थापाले मुलुकको पछिल्लो अबस्था बारे संक्षिप्त भनाई राखेका छन्। अहिले थापाले बर्तमान राजनितीक परिस्थिति तथा भाबी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहेका छन्।

बैठकमा महामन्त्री भाष्कर भद्राले सचिवालय सम्बन्धि प्रतिबेदन , महामन्त्री सुशील श्रेष्ठले मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षण सम्बन्धि प्रतिबेदन  अर्का महामन्त्री राजाराम बर्तौलाले सांगठानिक प्रतिबेदन , कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिबेदन , प्रदेश अध्यक्षहरुको प्रतिबेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

बैठकमा निर्बाचनको तयारी र आबश्यक रणनीति निर्माण गर्ने बिषयमा महत्त्वपूर्ण छलफल हुने उनले बताए। प्रस्तुत कार्यपत्र र प्रतिबेदन माथी आजैबाट टिप्पणी शुरु हुनेछ। बैठक भोलि पनि चल्ने प्रबक्ता सुरेश आचार्यले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.