गठबन्धन कार्यदलको वैठकः सिटौलाले शीर्ष नेताहरुलाई भेटेर प्रगति विवरण सुनाउने
काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले बैठकमा अहिलेसम्म भएका प्रगति विवरण शीर्षस्थ नेतालाई अवगत गराउने भएको छ। बुधबारको बैठकले यस्तो निर्णय गरेको कार्यदलका सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटको निर्णयमा पुग्ने सहमतिका साथ आजको बैठक सकिएको उनको भनाइ छ। सत्ता गठबन्धनका शीर्षस्थ नेताहरुलाई कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले भेट गरेपछि कार्यदलका सदस्यसँग छलफल गर्नेछन् ।
मन्त्री कार्कीले भने, “विभिन्न मोडालिटीमा छलफल गरेका छौं। तिनै मोडालिटीलाई केन्द्रमा राखेर सिट विभाजनकै कुरा छ, त्यसको निष्कर्षको चरणतर्फ अगाडि बढ्नेछौं।” यसले मुलुकलाई सकारात्मक सन्देश दिएको उनको भनाइ छ।
मन्त्री कार्कीले न्यायपूर्ण तरिकाले सिट विभाजन गर्ने विषयमा गठबन्धनका सबै दलको सहमति रहेको बताए ।







डिसी नेपाल








Facebook Comment