निलम्बित प्रधानन्याधीश राणाको बयान आज पनि हुँदै
काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आज पनि हुँदैछ। प्रतिनिधि सभाको महाभियोय सिफारिस समितिले जबराको बयान लिइरहेको छ। बुधबार समितिले सिंहदरबार चोलेन्द्रको बयान लिएको थियो । तर बयान नसकिएपछि उनको आज पनि बयान हुने कांग्रेस सांसद मीन विश्वकर्माले जानकारी दिए।
समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो तर बुधबार उनले ४ वटा प्रश्नको मात्र जवाफ दिएका छन्। बयानका क्रममा जबराले आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेको तर्क गरेका थिए।
उनले आफूमाथि प्रतिशोधका आधारमा महाभियोग लगाइएको जिकिर गरेका थिए । बुधबार जबराले चार घण्टा बयान दिएका थिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment