लोकसेवाद्धारा २१ परीक्षार्थीलाई कारबाही

डिसी नेपाल
१९ भदौ २०७९ १२:५६
84
Shares

सुर्खेत। कर्णाली प्रदेश लोकसेवा आयोगले २१ जना विद्यार्थीलाई कारबाही गरेको छ। उत्तरपुस्तिकामा नाम, रोलनम्बर र सम्पर्क नम्बर राखेर परीक्षकलाई प्रभावित पार्न खोज्नेको भन्दै २१ जना परीक्षार्थीलाई कारबाही गरिएको हो।

आयोगले गत जेठ २१ गते लिएको परीक्षाको उत्तर पुस्तिकामा परीक्षार्थीले आफ्नो मोबाइल नम्बर, भित्रि पृष्टमा नाम रोल नम्बर लेखेको आयोगले जनाएको छ।

आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर पाँचौं तह र सवइन्जिनियर पदको लागि ०७९ जेठ २१ गते परीक्षा सञ्चालन गरेको थियो। २० जनाले भित्रि पृष्टमा नाम र रोलनम्बर लेखेको आयोगका शाखा अधिकृत कमलप्रसाद उपाध्यायले जानकारी दिए। २० जनालाई १ वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरि कारबाही गरिएको छ।

एक जनालाइ दुइ वर्ष सम्मा परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ। उनका अनुसार २१ जनाकै परीक्षा रद्द गरि कारबाही गरिएको छ। प्रदेश लोक सेवा आयोग ऐन ०७५ को दफा ६४ को १ ख बमोजिम कारबाही गर्ने निर्णय गरेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *