एएफसी यु-२० फुटबल: नेपाल भुटानसँग पराजित

डिसी नेपाल
२६ भदौ २०७९ ८:०३
420
Shares

काठमाडौं। एएफसी यु-२० एसियन कपको छनोटअन्तर्गत पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको छ। बहाराइनमा शनिबारदेखि सुरु भएको समूह बीको छनोटमा नेपालले अप्रत्यासित हार बेहोर्यो।

शनिबार राति भएको खेलको ३३ औं मिनेटमा सोनामले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए ।पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफको सुरुआतमै दोस्रो गोल खायो। ४७ औं मिनेटमा कर्मा टासीले गोल गर्दै भुटानको अग्रता दोब्बर पारेका थिए । त्यसपछि निरन्तर खेलमा फर्किने प्रयास गरे पनि नेपाल सफल हुन सकेन।

विपक्षी खेलाडीमाथि खराब फाउल गरेका कारण इन्जुरी समयमा अविशेक वाइबाले रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेको थियो।

जितसँगै भुटानले तीन अंक जोडेको छ । हारसँगै छनोटको सुरुआत गरेको नेपालको भने चुनौती थपिएको छ। मूह ‘बी’ मा रहेको नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *