साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई हराएर सेमिफाइनमा जाने नेपालको तयारी
काठमाडौँ। साफ महिला च्यापियनसिपमा नेपालले श्रीलंकालाई हराएरसेमिफाइनलको यात्रा तय गर्ने लक्ष्यसाथ सोमबार मैदानमा उत्रिँदै छ।
काठमाडौंको दशरथ रंगशालामा नेपाली समयअनुसार सोमबार बेलुका साढे ५ बजे हुने खेलमा नेपालले श्रीलंकालाई हराएर सेमिफाइनल यात्रा तय गर्ने लक्ष्यसहित मैदानमा उत्रिन लागेको हो। समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकालाई हराएर समूह विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुग्ने लक्ष्य लिएको छ।
पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको नेपालले सोमबार श्रीलंकासँग भिड्न लागेको हो । यता दुई खेल खेलिसकेको भुटान भने एकमा जित र एकमा हार व्यहोरेर समूह बी बाट सेमिफाइनल प्रवेश गरिसकेको छ।
भुटानले श्रीलंकालाई ५–० ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो। नेपालले सोमबारको खेलमा श्रीलंकालाई हराएमा वा बराबरमा रोकेमा समूह विजेता हुनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment