गजल : जाँदैन

मर्दा कसैले धन सँगै बोकेर जाँदैन
अर्को जुनीका लागि पनि साँचेर जाँदैन ।

सोचौं लगाई चित्त रोजौं सत्यको बाटो
जब दाग लाग्यो सिद्धियो धोएर जाँदैन।

पारेर आत्मा दर्विलो देखाउला हाँसो
तर चित्र यो दिलबाट ऊ छोडेर जाँदैन।

श्रम हो सफलताको कडी श्रममा रमाऔं सब
पर्ने छ प्रतिफल हातमा श्रम खेर जाँदैन।

पायो भने अवसर यहीं उसले कहिल्यै नै
यो देशका सीमाहरू नाघेर जाँदैन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *