समानुपातिकतर्फको मतपत्र छपाइ सकियो

डिसी नेपाल
७ असोज २०७९ १७:०१
40
Shares

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि तथा प्रदेश सभाको चुनावका लागि प्रदेशको समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न गरेको जनाएको छ । आयोगले प्रदेश १ का लागि ३८ लाख १३ हजार, मधेस प्रदेशका लागि ३७ लाख ९३ हजार, बागमती प्रदेशका लागि ३८ लाख ९३ हजार गण्डकी प्रदेशका लागि २० लाख ४२ हजार, कर्णालीका लागि ११ लाख ३६ हजार, लुम्बिनीका लागि ३६ लाख ४९ हजार र सुदूरपश्चिम प्रदेशका लागि १८ लाख ५८ हजार छपाइ भएको जनाएको छ ।

आयोगले प्रदेशको समानुपातिकतर्फको २१ लाख नमुना मतपत्र पनि छपाइ सकिएको जनाएको छ । आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी ८ करोड मतपत्र छाप्ने जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *