हतियारसहित युवक पक्राउ

डिसी नेपाल
९ असोज २०७९ १०:४८

काठमाडौं । कपिलवस्तु प्रहरीले हतियार सहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको शिवराज नगरपालिका–३ बलुहवा २७ वर्षीय प्रेम थारु रहेका छन् । उनलाई प्रहरीले घरबाटै शुक्रबार साँझ पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले १ थान एकनाले भरुवा बन्दुक, अन्दाजी १ सय ग्राम बारुद र ५ थान छर्रा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले प्रेमलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले उनलाई हिरासतमा राखी थप अनुसन्धान गरीरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *