बौद्ध धर्मावलम्बीहरुले बस्ने “ञ्युङने ब्रत” के का लागि ? {भिडियोसहित}

डिसी नेपाल
२१ असोज २०७९ १४:३९

मोरङ । बौद्धमार्गीहरु गुम्बाहरुमा भेला भएर यतिबेला मौन ब्रत (ञ्युङने) बस्ने गर्दछन् । दशैंमा देवी देवतालाई भोग चढाउनका लागि भनेर धेरै काटमार गर्ने गरिन्छ । यी सबै जीवजन्तुहरुको मुक्तीको कामनासहित बौद्ध धर्मालम्बीहरु तीन दिनसम्म मौन ब्रत (ञ्युङने ब्रत) बस्ने गर्दछन् ।

मोरङको पथरी शनिश्चरेमा पनि यस्तै एक सयबढी धर्मालम्बीहरु (ञ्युङने ब्रत) मौन ब्रत बसेका थिए । पथरीशनिश्चरे नगरपालिका वार्ड न- १० मा रहेको ओम सियर जम्बुलिङ बज्र गुम्बामा ३ दिनको (ञ्युङने मौनब्रत)मा ४५ बढी लामा गुरुहरु र ६० बढी स्थानियबासीहरु ब्रतमा सहभागी भएका थिए ।

तीन दिनसम्मको ब्रतमा संसार भरका सम्पूर्ण प्राणीजगत जीव जन्तु सबैको मुक्तीको कामना गर्दै ब्रत बसेको नेपाल तामाङ्ग लामा घेदुङ्गका अध्यक्ष एवं धर्म गुरु पाल्देन लामाले जानकारी दिए ।

अहिंसा र शान्तिको प्रतिक भगवान बुद्धका अनुयायीहरुले बिभिन्न धर्म, संस्कार, चाड पर्वमा देव देवीको नाममा लाखौं निर्दोस पशुपंछिहरुको .बली चढाइएकाहरुको आत्माको शान्तीको कामना गर्दै यस ब्रत बस्ने गर्दछन् ।

बली दिने परम्परालाई कम गदै लैजाने र हिंसकहरुको मनमा बोधिचित्त र करुणा उत्पन्न होस् र सबै प्राणीको उद्धार एवं मुत्तिको लागि बौद्ध धर्म दर्शनमा मौन ब्रत बस्ने परम्परा रहेको छ । दशैंको नाममा लाखौं पशुपन्छीहरुको बली दिने गरेको बेलामा  बस्ने गरिन्छ ।

ओम सियर जम्बुलिङ बज्र गुम्वामा नेपाल लामा घेदुनको आयोजनामा संचालन भएको ब्रत यही असोज १७ गतेदेखि २० गते वा अभिषेशसहित सम्पन्न भएको थियो ।   समापनका दिन दुई सयबढी स्थानीयहरुको पनि उपस्थिति रहेको थियो ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *