गृहमन्त्री खाणको प्रष्टीकरण- सरकारले योग्य व्यक्तिलाई पदक प्रदान गरेको हो
फाइल
काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीमा विभिन्न प्रतिभाहरु रहेको बताएका छन् । गृहमन्त्रीले निर्वाचनलाई प्रभावित गर्ने गरी आफ्नो जिल्लामा पदक बाँडेको विपक्षीहरुको आरोप खण्डन गर्दै उनले रुपन्देहीमा योग्य भएकाहरुले पदक पाएको बताए ।
विश्व पोलियो दिवसमा रुपन्देहीमा क्रियाशील रोटरी क्लब एवं रोट्र्याक्ट क्लबहरुले भैरहवामा आयोजना गरेको पोलिया शान्ति र्यालीको समापन कार्यक्रममा मन्त्री खाणले विपक्षीले रुपन्देहीका युवाको मूल्याङ्कन गर्न नसकेको बताए ।
“रुपन्देहीमा एकसे एक प्रतिभा रहेका छन्, रुपन्देही जिल्ला नै रचनात्मक रहेको छ”, उनले भने, “यहाँ पदक दिनुपर्ने अझ धेरै हुनुहुन्थ्यो तर सीमितलाई छनोट गर्नुपर्ने बाध्यता रहेको थियो, भविष्यमा उहाँहरूलाई पनि समेट्नेछौँ ।”
रुपन्देहीको विकासमा रोटरी, रोट्र्याक्टलगायत क्लबमा आबद्ध युवाको सहभागिता महत्वपूर्ण रहेको उनले बताए । जिल्लामा विभिन्न सामाजिक काममा मात्र हैन विभिन्न विपद्का समयमा यस्ता क्लबहरुको सहयोग प्रशंसनीय रहेको उनले जिकिर गरे ।
पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधिसभा उम्मेदवारसमेत रहनुभएको गहृमन्त्री खाणले नेपाल सरकार युवालाई कुलतबाट जोगाउन र लागू औषधको नियन्त्रणमा लागे पनि एकल प्रयासले मात्र नपुग्ने बताउँदै यसमा युवाले पनि सहकार्य गर्न आग्रह गरे ।
उनले अहिले रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अवसरहरु बढाएकाले युवा विदेश जानुभन्दा यहीँ रचनात्मक व्यवसायमा लाग्न आग्रह गरे ।







डिसी नेपाल








Facebook Comment