इच्छा के हाे ?

शंकरप्रसाद रिजाल
२ मंसिर २०७९ १०:५४
104
Shares

इच्छा यस्तो चिज हो, जसले राम्रो र नराम्रो दुवैमा मासिलाई लिप्त गराउँदछ।

इच्छारहित मानिस त एक बुद्ध पुरुष हो जसलाई कुनै पनि कुराको आभास हुँदैन। उ आफू शान्त मनमा सारा संसारलाई पर सारेर आफू मौन रुपमा रहन्छ। तर युग युगमा ईश्वरको अवतारमा पृथ्वीमा ओर्लिने यस्ता बुद्ध पुरुष केवल उदाहरंको रुपमा मात्र प्रस्तुत हुने हो। बाँकी मानव त फेरि इच्छै इच्छाले घेरिएर बसेका हुन्छन्।

साधारणत इच्छा एक मानिसको अभिन्न आशाहरुको पूञ्ज हो जसको पूर्ति नभएसम्म मानिस अत्तालिइरहेका हुन्छन्। ती इच्छा पूर्ति नभएसम्म उनीहरु बेचैन हुन्छन् र मानिसहरु त्यो इच्छाको दास बनेरनिरन्तर त्यसैको वरिपरी घुमीरहेका हुन्छन्।

सम्पूर्ण इच्छा मनैबाट उत्पत्ति हुन्छ। इच्छाबाट त्यो चिजप्रति प्रेम जाग्दछ। प्रेम जागेपछि इच्छा आफ्नो मनबाट परिवारमा, परिवारबाट समाजमा र समाजबाट देशभर र देशबाट अन्तर्रास्ट्रिय जगतमा फैलिएर पुनःआफैंमा ठोक्किए जस्तो भान हुन्छ।

इच्छाको प्रबलताले त्यो प्राप्तिका लागि मानिस जताततै भौतारिइर हिँडेका हुन्छन् र समयको पनि याद राख्दैनन्। जसरी माहाकवि लक्ष्मीप्रसाद देबकोटा र साहित्यकार भैरब अर्याल नाथे एउटा चुरोटको प्यासको इच्छामा जाबो एक सर्को चुरोट तान्न अतितमा खाएर फ्याँकेका ठुटाहरू रातभरी कोठामा खोजी रहन्थे समयको पर्वाह नगरी।

इच्छा आफैंमा एउटा खोज पनि हो। यसको निरन्तरतामा नयाँ नयाँ आविस्कार पनि संसारमा धेरै भएका छन्। यो इच्छा एक सकारात्मक हुनुपर्दछ। सकारात्मक इच्छाको उडानमा मानिसले आफू, परिवार, समाज, देश र संसारलाइनै धेरै माथि पुर्‍याउँदछ। एक एक जनाको विभिन्न विधामा भएको फरक आविस्कारले संसार आज झिलीमिलि भएको छ।

आखिर भेत्ताएरै आफ्नो प्यास मेटाउने गर्थे भने इच्छाको बेगमा मानिस विक्षिप्त पनि बन्न बेर लाग्दैन। यस्तो इच्छा पूर्ति गरी देबकोटाले हजारौं लेख कविताहरु लेख्न सफल भए र विश्व प्रशिद्ध पनि बने। इच्छाको महासागरमा डुबीडुबी बेदब्यासले भागवत र अठार पुरानको सिर्जना गरे जुन आजसम्म पनि विश्व चर्चित भएको छ। त्यस्तै बाइबल लेखियो, कुरान लेखियो, चीनमा लाओत्सेले बिशाल ग्रन्थ लेखे। यो सबै इच्छाको नै उपलब्धि हो।

बास्तवमा इच्छा आफैंमा एउटा खोज पनि हो। यसको निरन्तरतामा नयाँ नयाँ आविस्कार पनि संसारमा धेरै भएका छन्। यो इच्छा एक सकारात्मक हुनुपर्दछ। सकारात्मक इच्छाको उडानमा मानिसले आफू, परिवार, समाज, देश र संसारलाइनै धेरै माथि पुर्याउँदछ। एक एक जनाको विभिन्न विधामा भएको फरक आविस्कारले संसार आज झिलीमिलि भएको छ।

यो सबै सकारात्मक इच्छाकै प्रबलता र सफलताको शंखघोषले गर्दा भएको हो। सानातिना कुरालाई छोडेर महासागरमा पूल बनाउनु, बडेबडे स्वास्थ उपचारका औषधि र सामाग्रीको आविस्कार हुनु, बिशाल र सुन्दर सहरहरुको निर्माण हुनु र चन्द्र लोकको यात्राको अभियान सफल हुनु, यी सबै इच्छा र सोचकै बिशाल उदाहरण हुन् भन्नेमा दुईमत नहोला।

तसर्थ सकारात्मक इच्छा र आकांक्षा प्रबल बनाई निरन्तर लाग्न सकेमा यस्ता इच्छाले नै फेरि संसारमा संतहरुमा बुद्ध पुरुष, लाओत्से, गुरु नानक, जिजस, सन्त कबीर, फिर्दोस, मोहम्मद पैगम्बर, रामकृष्ण परमंहंस, स्वामी विवेकानन्द, सत्य साइबाबा जस्तै नेपालका योगी नरहरि नाथ, शिवपुरी बाबा खप्तड बाबा जस्ता विश्व प्रशिद्ध महापुरुष बन्न सकिनेछ भने नेताहरुमा अब्राहम लिंकन, महात्मा गान्धी,नेल्सन मण्डेला, जोनएफ केनेडी, विन्स्टन चर्चिल, अलेक्जेण्डर द ग्रेट, हिटलर, माओ, लेनिन र नेपालका पृथ्वीनारायण शाह र महेन्द्र जस्ता विश्व प्रशिद्ध नेताहरु जन्माउन सकिने छ जसको नेतृत्वको प्रबलतामा देश तथा विश्व बनेको छ र अस्तित्व जोगिएको छ।

तसर्थ संसारलाई यो भन्दा अझ धनी, बिकसित सुन्दर शान्त र बिशाल र झिलिमिली बनाउनुछ भने मानिसका सकारात्मक इच्छा र आकांक्षालाई रोक्नु हुँदैन।यसलाई आफ्नै प्रवाहमा बग्न दिनुपर्दछ।

नत्र सेक्सपियर, कार्ल माक्र्स र त्यो भन्दा अगाडिका सुकरात, अरिस्टोटल प्लेटो जस्ता दार्शनिक र आधुनिक युगका टेस्ला र आइन्स्टायिन जस्ता बिशाल विश्व प्रसिद्ध बैज्ञानिकको आविस्कार र दर्शन कहाँ हेर्न र देख्न पाइन्थ्यो र?

इच्छाले गर्दा नै हो संसार कम्प्युटरमय बनेको छ, जसबाट संसार आज घरै बसीबसी हेर्न, देख्न सुन्न र बुझ्न पाइएको छ। यो सबै इच्छा शक्तिको परिणाम नै हो। यसको अलावा इच्छा शक्तिको प्रबलातामा हुबहु अर्को चन्द्रमा पनि आकासमा उदाउन सकिने छ जसरी चीनका बैज्ञानिकहरुले गरेर देखाए।

तसर्थ इच्छा शक्ति सकारात्मक रही निरन्तर यसको खोजमा मानिस लागीरहने हो भने आफ्ना सानातीना, झिना मसिना इच्छाको अलावा बडेबडे कुराको इच्छा पनि पूर्ति गर्न सकिन्छ र अझ झन् गहिरो रुपमा लाग्ने हो भने यो कल्पवृक्ष भएको पृथ्वीमा सच्चा क्रिया र कर्म गर्न सकेमा अरु कुराको त के कुरा ईश्वरसमेत पाउन सकिन्छ।

तर प्रबल इच्छा र प्रबल कर्ममा मात्र यो सम्भब छ। अन्यथा कर्मको अभाबमा मानिसको सानो से सानो इच्छा पनि पूर्ति नहुने हुँदा यहानेर नेपालका माहाकवि लक्ष्मीप्रसाद देबकोटाको भनाइको एक प्रसंग ‘इच्छा वा उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ जोडी इच्छालाई सधैं ताजगी राखी सोही अनुसारको कर्म गर्दै जान सबैलाई सन्देश दिइ इच्छा बिषयको चर्चा परिचर्चाबाट यहीं बिश्राम लिन चहान्छु।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *