तस्बिरमा हेर्नुहोस् शीर्ष नेताहरूको मतदान

डिसी नेपाल
४ मंसिर २०७९ १४:४१
200
Shares

काठमाडौं । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचनको आज मतदानको दिन मतदान जारी छ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूले मतदान गरेका छन् । प्रधानमन्त्री देउवा डडेल्धुरा गन्यापधुरा गाउँपालिका-१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट मतदान गरेका छन्। एमाले अध्यक्ष ओलीले भक्तपुरको बालकोटस्थित मतदान केन्द्रबाट मतदान गरे।

 

पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल सूर्योदय नगरपालिका- ९ स्थित राष्ट्रिय आधारभुत विद्यालयमा मतदान गर्दै ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट- १स्थित राष्ट्रिय शमसेर माध्यमिक विद्यालय मतदानस्थलमा मतदान गर्दै ।

मतदान गर्दै रवि लामिछाने

 

ललितपुर क्षेत्र नं ३ स्थित राजतीर्थ मतदान स्थलमा मतदान गर्दै यस क्षेत्रका उम्मेदवार एवम ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल ।

 

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *