अपाङ्गता भएका व्यक्तिको जीवन सुनिश्चित गर्ने दायित्व राज्यको होः मन्त्री खापुङ

डिसी नेपाल
१७ मंसिर २०७९ १६:२७
12
Shares

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले अपाङ्गता भएका व्यक्तिलाई सम्मानजनक र सहभागितामूलक जीवन सुनिश्चित गर्ने दायित्व राज्यको भएको बताएका छन् ।

अपाङ्गता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यहाँ आयोजना गरेको अन्तरक्र्रियामा शुभकामना सन्देश दिँदै उनले समावेशी नभएको समाज कहिल्यै सभ्य र विकसित नहुने बताए ।

अपाङ्गता भएका व्यक्तिहरु अझै पनि समावेशिताको नामबाट वञ्चित रहेको उल्लेख गर्दै उनले स्वास्थ्य तथा विकासका अन्य कार्यक्रमले अपाङ्गता भएका व्यक्तिलाई केन्द्रमा राखी अघि बढ्न आग्रह गरे । उनले अपाङ्गता भएका व्यक्तिले देश विकासमा पु¥याएको योगदानको समेत चर्चा गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *