विश्वकप जितेपछि अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले भने ‘एमबाप्पेका लागि एक मिनेट मौनधारण’

डिसी नेपाल
५ पुष २०७९ ११:१४

काठमाडौं । अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले आइतवार फिफा विश्वकपको फाइनल जितेर ड्रेसिङ रुममा खुसी मनाउँदै एमबाप्पेका लागि एक मिनेट मौनधारण गर्ने कुरा गरेका छन् ।

फ्रान्सका २३ वर्षीय खेलाडी एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गर्दै गोल्डेन बुट पनि जितेका थिए । खेल सकिएपछि अर्जेन्टिनाका गोलकिपरले आफ्ना सहकर्मीलाई एमबाप्पेका लागि एक मिनेट मौन धारण गर्न भनेका थिए ।

पूरै खेलमा एमबाप्पेले मार्टिनेजलाई चकित पारे र बल चार पटक गोलपोस्टमा हाने। आइतवार विश्वकपको रोमाञ्चक फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *