जात र विविधताको मात्र होइन अब राष्ट्रिय संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नुपर्छ : अध्यक्ष ओली

डिसी नेपाल
२५ पुष २०७९ १४:०२
60
Shares

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जात र विविधताको मात्र नभएर समग्र राष्ट्रिय संस्कृतिको संरक्षण र सम्वर्द्धनमा जोड दिनुपर्ने बताएका छन्।

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले जातको मात्र कुरा गरेर हुनेवाला छैन। हामीले विविधताको मात्र कुरा गरेर हुनेवाला छैन। हामीले राष्ट्रिय संस्कृतिको समग्रतामा रक्षा, सम्वर्द्धन, हजारौँ वर्ष लगाएर हाम्रा पूर्वजहरूले विकास र स्थापित गरेको सामाजिक उन्नत संस्कृतिको रक्षा, त्यसको सम्वर्द्धन गर्नुपर्छ ।’

संस्कृति र सामाजिक मूल्य मान्यता बिर्सिए समाज समाज नरहने उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *