एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई सशर्त विश्वासकाे मत दिने

डिसी नेपाल
२६ पुष २०७९ ९:५३
260
Shares

काठमाडौं।  नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत लिने निर्णय गरेको छ।

मंगलबार बसेको सचिवालय बैठकले आफूहरुको एजेण्डा कार्यान्वयन गर्ने शर्तमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो।

आफूहरुको एजेण्डा कार्यान्वयन नगरे समर्थन फिर्ता लिन मिल्ने गरी प्रतिपक्षी दलको भूमिकामा रहने बैठकले निर्णय गरेको छ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि पार्टी भने प्रतिपक्षमै बस्ने सो उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन्। एकीकृत समाजवादीका १० सांसद छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.