बागमतीका मुख्यमन्त्री जम्कट्टेल र दुई मन्त्रीले लिए शपथ

डिसी नेपाल
२६ पुष २०७९ १०:५५
124
Shares

काठमाडौं। बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेललाई शपथ ग्रहण गराएका हुन्।

मुख्यमन्त्री जम्कट्टेलले शपथसँगै पहिलोचरणमा तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। मुख्यमन्त्रीको सिफारिसमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक-एक जना मन्त्री नियुक्तिसँगै मङ्गलबारनै शपथ ग्रहण गराइएको छ।

एमालेबाट बागमती प्रदेश एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाबाट संसदीय दलका नेता उद्धव थापा मन्त्री बनेका हुन्।

थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने थापाको मन्त्रालय तोकिएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *