डब्ल्यूएचओले भारतमा उत्पादित २ खोकीको औषधिबारे चेतावनी दियो, प्रयोग नगर्न सुझाव

डिसी नेपाल
२८ पुष २०७९ १४:४४
396
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतीय कम्पनी मरिन बायोटेकका दुईवटा कफ सिरप प्रयोग नगर्न सुझाव दिएको छ ।

एक मेडिकल उत्पादन चेतावनीमा डब्ल्यूएचओले बुधबार भन्यो कि दुई दूषित मरिन बायोटेक मेडिकल उत्पादनहरू (खोकी सिरप) गुणस्तर मापदण्ड वा विशिष्टताहरू पूरा गर्दैनन्।

विश्व स्वास्थ्य सङ्गठनले यी कफ सिरपको बिक्री पूर्णरुपमा बन्द गर्नुपर्ने बताएको छ । यसका लागि प्रभावित देश र क्षेत्रमा आपूर्तिको अनुगमन बढाउनुपर्छ ।

उज्बेकिस्तानले मरिन बायोटेकका दुईवटा कफ सिरप खाँदा १९ बालबालिकाको ज्यान लिएको आरोप लगाएको छ । यो कम्पनी नोएडा, उत्तर प्रदेशमा स्थित छ।

डब्लुएचओको वेबसाइटका अनुसार यी दुई उत्पादनहरू डिसेम्बर २२, २०२२ मा उज्वेकिस्तानमा पहिचान गरिएको थियो। यी उत्पादनहरू एम्ब्रोनोल सिरप र डीओके-१ म्याक्स सिरप हुन्। यी दुवै उत्पादन मरिन बायोटेक प्राइभेट लिमिटेडले उत्पादन गरेको हो । त्यसयता कम्पनीले डब्लूएचओलाई गुणस्तरको कुनै ग्यारेन्टी दिएको छैन ।

उज्वेकिस्तानमा गरिएको अनुसन्धानमा यी कफ सिरपहरूमा डाइथिलिन ग्लाइकोल र इथाइलिन ग्लाइकोल अस्वीकार्य मात्रामा पाइयो। बिहीबार, उत्तर प्रदेशको खाद्य सुरक्षा र औषधि प्रशासनले मरीन बायोटेकको लाइसेन्स रद्द गर्‍यो।

समाचार एजेन्सी एएनआईका अनुसार गौतम बुद्ध नगर ड्रग इन्स्पेक्टर वैभव बाबरले भनेका थिए, “हामीले पर्याप्त कागजातहरू उपलब्ध नगराएको कारण मरिन बायोटेकको लाइसेन्स रद्द गर्दैछौं।” यससँगै कम्पनीलाई कारण देखाउ नोटिस समेत जारी गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *