भारतीय राष्ट्रपति मुर्मुको खुट्टा छुने प्रयास गर्ने जुनियर इन्जिनियरलाई निलम्बन गरियो

डिसी नेपाल
३० पुष २०७९ १०:४१
348
Shares

काठमाडौं । राष्ट्रपतिको सुरक्षा प्रोटोकल तोडेको आरोपमा भारतको राजस्थानमा एक इन्जिनियरलाई शुक्रबार निलम्बन गरिएको छ ।

जुनियर इन्जिनियर अम्बा सियोलले जनवरी ४ मा एक कार्यक्रममा राष्ट्रपति द्रौपदी मुर्मुको खुट्टा छुन खोजेकी थिइन् ।

गृह मन्त्रालयको हस्तक्षेपपछि जनस्वास्थ्य इन्जिनियरिङ विभागले इन्जिनियरलाई निलम्बन गरेको हो ।

आदेशमा भनिएको छ, “जुनियर इन्जिनियर अम्बा सियोलले जनवरी ४ मा रोहतमा स्काउट गाइड जाम्बोरीको उद्घाटनमा राष्ट्रपतिको खुट्टा छुन प्रयास गरिन्। त्यसकारण, राजस्थान सिविल सेवा नियमहरू अन्तर्गत, उहाँलाई तत्काल प्रभावबाट निलम्बन गरिएको छ।’

सियोलको कार्यक्रममा अम्बाले पानीको ब्यवस्था हेर्दै थिइन् । तर, राष्ट्रपतिको सुरक्षा घेरा तोड्दै उनी राष्ट्रपतिलाई स्वागत गर्न उभिएका अधिकृतसम्म पुगिन् । उनले अचानक अगाडि बढेर राष्ट्रपतिको खुट्टा छुन खोजिन् तर सुरक्षाकर्मीले रोकेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *