सुदूरपश्चिममा सभामुखका लागि आज पुनः मतदान हुने

डिसी नेपाल
३० पुष २०७९ १५:२०
68
Shares

धनगढी। सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि पुनः मतदान हुने भएको छ। आज बसेको सर्वदलीय बैठकले साँझ ६ बजे सभामुख चयनका लागि पुनः चुनाव गर्ने निर्णय गरेको हो।

सभामुखका लागि सत्तारुढ दलका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलबीच प्रतिस्पर्धा हुनेछ। ५३ सदस्यीय प्रदेशसभाको ५१ प्रतिशत अर्थात् २७ जनाको मत पाएर सभामुख छानिन नसकेपछि आज पुनः चुनाव हुने लागेको हो।

पुस २८ गतेको निर्वाचनमा सत्तापक्षका उम्मेदवार भण्डारीले २६ र कांग्रेसका रावलले २३ मत पाएका थिए। निर्वाचनमा सत्ता पक्षको एक मत बदर भएको थियो।

सत्तापक्षकै नेकपा (एमाले) का चक्रबहादुर मल्ल र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी मतदानमा सहभागी भएनन्। यस्तै, सभामुखको भूमिकामा रहेकाले प्रतिपक्षका शिवराज भट्ले मतदान गर्न पाएनन्।

प्रदेश सभामा सत्तापक्षका दल नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक गरेर २९ जना प्रदेश सभा सदस्य छन्। यो सङ्ख्या सभामुख छान्नलाई आवश्यक पर्ने भन्दा दुई बढी हो।

यस्तै, प्रतिपक्षमा नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्र एक गरेर २४ जना छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.