यतीकाे विमान दुर्घटनामा भोलि राष्ट्रिय शोक र सार्वजनिक बिदा

डिसी नेपाल
१ माघ २०७९ १४:३५
792
Shares

काठमाडौं।  यती एयरलाइन्सको जहाज दुर्घटनाप्रति दु:ख जनाउँदै सरकारले भोलि (सोमबार) राष्ट्रिय शोक घोषणा गरेको छ।

आइतबार बसेकाे मन्त्रिपरिषदकाे आकस्मिक बैठकले साेमबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा दिने निर्णय गरेकाे सरकारका प्रवक्तासमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेलले जानकारी दिए।

‘मन्त्रिपरिषद बैठकले घटनाप्रति गहिरो दु:ख व्यक्त गरेको छ। भोलि माघ २ गते शोकपूर्ण घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ,’ उनले भने।

सरकारले विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ।

आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहेका छन् ।

यसैगरी सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना  गर्ने निर्णय पनि गरेको छ। बैठकले मृतक परिवारको शव बुझ्नको लागि पनि सरकारले आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *