रुसबाट भारतको तेल खरिद बढ्यो, डिसेम्बरमा हरेक दिन १० लाख ब्यारेल कच्चा तेल आयात
काठमाडौं । सन् २०२२ को अन्तिम महिनामा भारतले रुसबाट कच्चा तेल खरिद गर्ने क्रम अझै बढेको छ । ऊर्जा क्षेत्रमा व्यापारिक जहाजहरूको आवागमन ट्र्याक गर्ने एजेन्सी भोर्टेक्साका अनुसार रुस विगत तीन महिनादेखि भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ र डिसेम्बर २०२२ मा पहिलो पटक भारतले खरिद गरेको कच्चा तेलको मात्रा एक मिलियन ब्यारेल प्रतिदिनभन्दा बढी भएको छ ।
गत आर्थिक वर्षमा भारतले खरिद गरेको कच्चा तेलको ०.२ प्रतिशत मात्र रुसले आपूर्ति गरेको थियो तर यो डिसेम्बरमा रुसबाट भारततर्फको निर्यात बढेर प्रतिदिन १.१९ मिलियन ब्यारेल पुगेको छ । जहाँ अक्टोबर २०२२ मा रुसबाट भारतलाई दैनिक ९३५,५५६ ब्यारेल र नोभेम्बरमा ९०९,४०३ ब्यारेल प्रतिदिन तेल आपूर्ति भएको थियो।
गत वर्ष अक्टोबरमा नै भारतलाई तेल आपूर्ति गर्ने अन्य प्रमुख देश इराक र साउदी अरबलाई पछि पार्दै रुस पहिलो नम्बरमा पुगेको थियो। आज भारतले रुसबाट २५ प्रतिशत तेल खरिद गरिरहेको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार भारतको तेल आयातमा यो वृद्धि युरोपेली संघले रुसमाथि लगाएको प्रतिबन्धपछि भएको हो, जसअन्तर्गत रुसी तेलको मूल्य प्रति ब्यारेल ६० डलर तोकिएको छ ।
रुसी तेल योभन्दा कम मूल्यमा उपलब्ध हुन थालेको उद्योग विज्ञहरू बताउँछन् । भारत विश्वको तेस्रो ठूलो तेल उपभोक्ता र आयातकर्ता हो। यसले ८५ प्रतिशत आवश्यकता आयातबाट पूरा गर्छ । खरिद गरिएको कच्चा तेल रिफाइनरीहरूमा पेट्रोल र डिजेलमा परिणत हुन्छ।







डिसी नेपाल







Facebook Comment