विश्व इतिहासमा आजः एल साल्भाडोरको गृहयुद्ध अन्त्यदेखि रोमन साम्राज्य स्थापना

डिसी नेपाल
२ माघ २०७९ ७:२६
32
Shares

आज १६जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

एल साल्भाडोरको गृहयुद्ध अन्त्य

सन् १९९२ मा एल साल्भाडोरको गृहयुद्ध अन्त्य भएको थियो। १२ वर्ष लामो गृहयुद्धमा ७५ हजार जनाको मृत्यु भएको थियो भने अन्य हजारौं मानिस घाईते र लाखौं विस्थापित भएका थिए।

अमेरिकामा मदिराजन्य पदार्थमा रोक

सन् १९१९ मा अमेरिकामा रक्सी, मदिराजस्ता मादक पर्दाथ बनाउन, बिक्री गर्न र आयात तथा निर्यात गर्न रोक लगाइएको थियो। १६ जनवरीमा संविधानमा गरिएको १८औं संशोधनमार्फत अमेरिकामा मदिराजन्य पदार्थमा रोक लगाइएको थियो।

पर्सियाली युद्ध सुरु

सन् १९९१ मा पर्सियाली खाडी युद्ध सुरु भएको थियो। सन् १९९० मा इराकले कुवेतमा अतिक्रमण गरेपछि सन् १९९१ को १६ जनवरीमा अमेरिका नेतृत्वको पश्चिमा वायु फौजले इराकमाथि हमला गरेको थियो। २८ फेब्रुवरीमा युद्धविराम घोषणा नहुन्जेल अमेरिकी नेतृत्वको सेनाले हमला गरेको थियो।

रोमन साम्राज्य स्थापना

२७ बीसीमा रोमन साम्राज्य स्थापना भएको थियो। रोमन साम्राज्यको पहिलो शासक अगस्टस हुन्। उनले २७ बीसीदेखि १४ एडीसम्म (मृत्युपर्यन्त) रोमनमा शासन गरेका थिए। उनलाई मानव इतिहासमै एक प्रभावकारी नेताको रुपमा चिनिन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *