एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित

डिसी नेपाल
५ माघ २०७९ १५:१४
612
Shares

काठमाडौं। सत्ता साझेदार दलका साझा उम्मेदवार देवराज घिमिरे सभामुखमा निर्वाचित भएका छन्।

बिहीबार भएको मतदानमा घिमिरे विजयी बनेका हुन्। कांग्रेसबाट सभामुखका उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै नेकपा एमालेका घिमिरे विजयी भएका हुन्।

घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत  र विपक्षमा १०० मात्र मत र मत दिन्न भन्नेमा १ मत परेको छ । घिमिरेलाई सत्ता साझेदार दलको समर्थन थियो।

यस्तै कांग्रेसबाट उम्मेदवार बनेकी न्यौपानेलाई कांग्रेससहित एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *