सभामुख घिमिरेले बिहान ११ बजे शपथ लिने, दिउँसो पदभार सम्हाल्ने

डिसी नेपाल
६ माघ २०७९ ९:४६
120
Shares

काठमाडौँ। सभामुख देवराज घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। शुक्रबार बिहान ११ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिने कार्यतालिका छ।

शपथ लिएलगत्तै उनी लैनचौरमा रहेको सहिल स्तम्भमा माल्र्यापण गर्न जाने भएका छन्। त्यसपछि साढे १२ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर उनले पदभार सम्हाल्ने कार्यक्रम छ।

घिमिरे बिहीबारको प्रतिनिधिसभा बैठकबाट बहुमतका आधारमा निर्वाचित भएका थिए। दुई सय ६८ सांसद उपस्थित भएकामा उनले एक सय ६७ मत प्राप्त गरेका थिए। उनको विपक्षमा एक सय मत परेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *