आज प्रतिनिधिसभा उपसभामुखको उम्मेदवारी दर्ता हुँदै
काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ। प्रतिनिधिसभाले बिहीबार सभामुख पाएसँगै आजबाट उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मनोनयन दिउँसो १ देखि अपरान्ह्र ४ बजेसम्मका लागि तोकिएको छ। सत्तागठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने समझदारी छ। जसअनुसार उपसभामुख उम्मेदवार चुन्न रास्पवाको संसदीय दलको बैठक जारी छ।
रास्वपामा सोविता गौतम, चन्दा कार्की र इन्दिरा रानाको नाम चर्चामा छ। तर, श्रेष्ठले आफू उम्मेदवार नबन्ने स्पष्ट पारिसकेकी छन्। रास्वपामा बहुमत सांसद सोविता उप्रेतीको पक्षमा देखिएकी छन्। उप्रेतीले बिहीबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीलाई भेटेर लबिइङ गरिसकेकी छन्।
विपक्षी गठबन्धन कांग्रेस, एकीकृत समाजवादीले उपसभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गरिसकेका छैनन्। त्यसका लागि अझै समय बाँकी रहेकाले आजै दिउँसो छलफल गरेर उम्मेदवारी टुंगो लगाउने कांग्रेस सांसद चन्द्र भण्डारीले बताए।







डिसी नेपाल








Facebook Comment