राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरालाई उपसभामुखको उम्मेदवार बनाउने

डिसी नेपाल
६ माघ २०७९ ११:२९
552
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ। शुक्रबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।

सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ। त्यसैले अब राना सत्तागठबन्धनको साझा उम्मेदवार बन्ने भएकी छन्। यसअघ रास्वपामा सोविता गौतम, सुमना श्रेष्ठ, चन्दा कार्कीको नाम चर्चामा थियो।

चारमध्ये गौतमले सभामुख बन्न निकै लबिइङ गरेकी थिइन्। अब उनी इन्दिराको प्रस्तावक बन्ने भएकी छन्।

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ। प्रतिनिधिसभाले बिहीबार सभामुख पाएसँगै आजबाट उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मनोनयन दिउँसो १ देखि अपरान्ह्र ४ बजेसम्मका लागि तोकिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.