सभामुख घिमिरेले बोलाए सर्वदलीय बैठक

डिसी नेपाल
७ माघ २०७९ १०:४३
412
Shares

काठमाडौं। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाएका छन्।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ। सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाएको यो पहिले सर्वदलीय बैठक हो। उनी यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन्।

संसद् सचिवालयको कार्यतालिका अनुसार आज दिउँसो १ बजे उपसभामुख पदको निर्वाचन हुनेछ।

प्रतिनिधिसभाले बिहीबार सभामुख पाएसँगै प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन हु्न लागेको हो।

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गराएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *