सरकार जोगाउने र ढाल्ने ध्यानले स्वस्थ समाज निर्माण गर्न सकिदैनः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार जोगाउने र ढाल्ने ध्यानले स्वस्थ समाज निर्माण गर्न नसकिने बताएका छन् ।
आइतबार काठमाडौंमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाचौं राष्ट्रिय अधिवेशन उद्घाटन गर्दैै अध्यक्ष ओलीले सरकारमा हुनेको ध्यान टिक्नेमा र सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेमा हुने गरेकाले देशतिर ध्यान जान नसकेको बताएका हुन् ।
उनले यस्तो अवस्थाबाट माथि उठ्न नसकेसम्म स्वस्थ समाज निर्माण गर्न नसकिने बताउनुभयो । साच्चैकै लोकतान्त्रीक अभ्यास गर्ने र स्वस्थ तवरले चल्ने हो भने समाजलाई मद्धत पुराउन सकिने भन्दै ओलीले पद्धतीलाई ठिक बाटोमा लैजाने जिम्मेवारी आफुहरुको भएको धारणा राखे ।
त्यस्तै ओलीले ४८ सालको चूनावी घोषणापत्र लेख्दा नै आफुले आयुर्वेद स्वास्थ्यलाई प्राथमिकता दिइएको र आगामी दिनमा पनि यस क्षेत्रको सुधारका लागि सरकारसंग आवश्यक छलफल गर्ने प्रतिवद्धता जनाए ।
उनले आयुर्वेद भनेको उपचार मात्रै नभइ जिवनपद्धती पनि भएकाले यसलाई सवैले अवलम्वन गर्नुपर्ने जिकिर गरे ।







डिसी नेपाल








Facebook Comment