धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक
काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पदाधिकारी बैठक सुरु भएको हो।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न पदाधिकारी बैठक सुरु भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। ‘समसामयिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बसेको हो,’ प्रवक्ता महले डिसी नेपालसँग भने।
यही महिनाको अन्तिममा हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने र त्यसमा माओवादीलगायत दलको साथ पाउने भन्दै कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो।
कांग्रेसका नेताहरु अहिले पनि प्रधानमन्त्री प्रचण्डसँग नियमित सम्पर्कमा छन्। पदाधिकारी बैठकमा राष्ट्रपतिको निर्वाचन र उम्मेदवारका विषयमा पनि छलफल हुने बताइएको छ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेसभित्र असन्तुष्टि चुलिएको छ। आइतबार नेता डा. शेखर कोइराला समूहले विश्वासको मत दिनु गलत भएको निष्कर्ष निकालेको थियो। गठबन्धन जोगाउन नसक्नु तर विश्वासको मत दिनु राजनीतिक अपरिपक्वता भएको नेताहरुले बताउँदै आएका छन्।







डिसी नेपाल








Facebook Comment