हरिबोल गजुरेल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार

डिसी नेपाल
९ माघ २०७९ १४:३९

काठमाडौं। नेकपा माओवादीका नेता हरिबोल गजुरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन्।

प्रधानमन्त्री प्रचण्डले सचिवालय विस्तार गर्ने क्रममा गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकारको रुपमा नियुक्त गरेका हुन्। उनी नेकपा माओवादीका उपमहासचिव पनि हुन्।

गजुरेल लामो समयदेखि प्रचण्डको विश्वासपात्रको रुपमा पार्टीमा क्रियाशील थिए ।

तर, गएको निर्वाचनमा सिन्धुली २ बाट उम्मेदवारको आकांक्षी रहेका उनलाई प्रचण्डले टिकट नदिएपछि पछिल्लो समय असन्तुष्ट बनेका थिए ।

केही समय अगाडि लाभको पदधारण नगर्ने घोषणा गरेका गजुरेल प्रधानमन्त्रीकाे राजनीतिक सल्लाहकारमा नियुक्त भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.