वायुसेवा निगमका जहाजहरुको दैनिक रिपोर्ट पेस गर्न पर्यटनमन्त्रीको निर्देशन

डिसी नेपाल
९ माघ २०७९ १६:१९
40
Shares

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले वायुसेवा निगमका जहाजहरुको दैनिक रिपोर्ट पनि पेस गर्न निर्देशन दिएका छन्।

सोमबार वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका जहाज समयमा नै नउड्दा बदनाम हुन पुगेको भन्दै अब दैनिक रिपोर्ट पनि पेस गर्न निर्देशन दिएका हुन्।

हवाई सेवामा एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न उनले चेतावनी दिए। मन्त्री किरातीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत् टिकट काट्ने व्यवस्था गर्न पनि निगमलाई निर्देशन दिए।

उनले निगममा रहेर काम गर्न नसके मार्गप्रसस्त गर्न पनि सुझाव दिए। उनले यसअघि भएका गल्तीलाई अव उपरान्त नदोहराउन निर्देशन दिदै सकारात्मक काममा सधै साथ दिने स्पष्ट पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *